|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9851046764,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    1. Home
    2. /
    3. News
    4. /
    5. एकै वर्षमा ८ लाख नयाँ लगानीकर्ता थपिए : शेयर बजारमा २६ % नेपालीको सहभागिता, १० % सिधै अनलाइनमा
    Published May 28, 2026
    Updated May 29, 2026By Share Gyan

    एकै वर्षमा ८ लाख नयाँ लगानीकर्ता थपिए : शेयर बजारमा २६ % नेपालीको सहभागिता, १० % सिधै अनलाइनमा

    एकै वर्षमा ८ लाख नयाँ लगानीकर्ता थपिए : शेयर बजारमा २६ % नेपालीको सहभागिता, १० % सिधै अनलाइनमा

    सुवास निरौला अचेल गाउँ-गाउँ र शहर-शहरका मानिसहरू शेयर बजारमा जोडिन थालेका छन्। नयाँ तथ्याङ्क अनुसार अहिले नेपालमा डिम्याट खाता खोल्नेहरूको सङ्ख्या ७८ लाख ४६ हजार ७०३ पुगेको छ।

    यो सङ्ख्या नेपालको कुल जनसङ्ख्याको झन्डै २६ प्रतिशत हो। यसको अर्थ के हो भने हरेक १०० जना नेपालीमध्ये कम्तीमा २६ जनासँग अहिले आफ्नै डिम्याट खाता छ। अघिल्लो वर्षको तुलनामा यो सङ्ख्या निकै बढेको हो। किनकि गत वर्ष डिम्याट खाता खोल्नेहरू ६९ लाख ९७ हजार मात्र थिए। एक वर्षमै यति धेरै मानिसहरू शेयर बजारमा थपिनुले नेपालीहरूमा लगानी गर्ने बानी विकास भइरहेको देखाउँछ। डिम्याट खाताको सङ्ख्या मात्र होइन, प्रविधिको प्रयोग गरेर घरमै बसीबसी शेयर कारोबार गर्नेहरूको सङ्ख्या पनि निकै बढेको छ। हाल ३१ लाख ८२ हजारभन्दा बढी मानिसले अनलाइनमार्फत शेयर किनबेच गर्ने सुविधा लिएका छन्। अघिल्लो वर्ष यस्तो सुविधा लिनेको सङ्ख्या २५ लाख ४९ हजार मात्र थियो। नेपालको हालको जनसङ्ख्यालाई आधार मानेर हेर्ने हो भने कुल जनसङ्ख्याको करिब १०.५४ प्रतिशत नागरिक अहिले अनलाइनमार्फत शेयर कारोबारमा जोडिएका छन्। यसले के देखाउँछ भने अब शेयर बजार केवल ठूला सहर र पढेलेखेका मानिसहरूमा मात्र सीमित छैन प्रविधिको पहुँच पुगेका सबैको हातमा पुगेको छ। बजारमा लगानीकर्तालाई सेवा दिनका लागि विभिन्न संस्थाहरू पनि उत्तिकै सक्रिय छन्। अहिले नेपालमा डिम्याट खाता खोलिदिने र शेयरको रेखदेख गर्ने १२३ वटा अनुमति प्राप्त निक्षेप सदस्य अर्थात् 'डीपी'हरू सञ्चालनमा छन्। त्यस्तै, शेयर बजारमा लगानीकर्ताको विवरण राख्ने काम गर्ने 'सीकेवाइसी' एजेन्टको सङ्ख्या पनि १२३ नै रहेको छ। लगानीकर्ताले आफूले चाहेको कम्पनीको शेयर छान्न पाउन् भनेर बजारमा अहिले २७६ वटा कम्पनीहरू सूचीकृत भएका छन्। यी कम्पनीहरूमा बैंक, जलविद्युत, बीमा र अन्य विभिन्न क्षेत्रका कम्पनीहरू पर्दछन्। यसका साथै, जोखिम कम गर्न चाहने लगानीकर्ताका लागि ६५ वटा म्युचुअल फण्ड र ऋणपत्रको कारोबार गर्न चाहनेका लागि ८२ वटा बण्ड र डिबेन्चरहरू पनि बजारमा उपलब्ध छन्। शेयर बजारको कामलाई सजिलो बनाउन ९२ वटा राफसाफ सदस्य र ४६ वटा शेयर रजिष्ट्रारहरूले काम गरिरहेका छन्। प्राथमिक बजारमा आइपिओ भर्नका लागि प्रयोग गरिने 'मेरो शेयर' सफ्टवेयरको लोकप्रियता पनि उत्तिकै छ। अहिले ६९ लाख २५ हजार ४४७ जनाले मेरो शेयरको सुविधा लिएका छन्। तर, तीमध्ये ५० लाख ८२ हजार ७५० जना मात्र सक्रिय रूपमा मेरो शेयर प्रयोग गरिरहेका छन्। कतिपय मानिसले खाता त खोलेका छन् तर नियमित रूपमा त्यसलाई चलाउँदैनन्। आइपिओ भर्नका लागि बैंकहरूले पनि सहयोग गरिरहेका छन्। हाल ४३ वटा बैंकहरू सी-आस्वा (C-ASBA) प्रणालीमा आबद्ध छन्। जसले गर्दा लगानीकर्ताले आफ्नै मोबाइल वा कम्प्युटरबाट बैंकको खातामा रहेको पैसा प्रयोग गरी शेयर भर्न सक्छन्। नेपालको शेयर बजारमा अहिले कति शेयर छ त भनेर हेर्दा त्यो सङ्ख्या पनि निकै ठूलो छ। बजारमा अहिले कुल १८ अर्ब २५ करोड ७४ लाख ७२ हजार ८०१ कित्ता शेयर सूचीकृत छन्। पहिले-पहिले शेयरको प्रमाणपत्र कागजमा हुन्थ्यो, तर अहिले ती धेरै जसो अनलाइनमा परिणत भइसकेका छन्। तथ्याङ्क अनुसार १७ अर्ब ७७ करोड ४१ लाख १६ हजार १३४ कित्ता शेयर अहिले डिजिटल वा अनलाइन माध्यममा अर्थात् डिम्याट भइसकेका छन्। यसले बजारलाई निकै सुरक्षित बनाएको छ। अहिले कसैले शेयर हरायो वा चोरी भयो भनेर डराउनु पर्ने अवस्था छैन। सबै विवरण कम्प्युटर प्रणालीमा सुरक्षित रहन्छ। यो सबै हुनुको मुख्य कारण भनेको प्रविधिको विकास र मानिसहरूमा आएको चेतना नै हो। केही वर्ष अघिसम्म शेयर बजारमा लाग्नका लागि धेरै पैसा चाहिन्छ वा काठमाडौँ नै जानुपर्छ भन्ने भ्रम थियो। तर अहिले ५०० वा १००० रुपैयाँबाट पनि आइपिओ भर्न सकिन्छ। सानो-सानो बचतलाई शेयरमा लगानी गरेर भविष्यका लागि पैसा जम्मा गर्नेहरूको सङ्ख्या बढेको छ। विशेषगरी युवाहरू र विद्यार्थीहरू पनि अहिले पढाइसँगै शेयर बजारको बारेमा बुझ्न र लगानी गर्न उत्सुक देखिन्छन्। यसले गर्दा नेपालको पूँजी बजार अझ बलियो बन्दै गएको छ।

    Most Recent

    Sep 23, 2026
    Kumari Bank Calls 26th AGM to Approve 2.0156% Cash Dividend

    Share Gyan

    Kumari Bank Calls 26th AGM to Approve 2.0156% Cash Dividend
    Sep 23, 2026
    Citizens Bank Calls 20th AGM to Approve 4% Dividend

    Share Gyan

    Citizens Bank Calls 20th AGM to Approve 4% Dividend
    Sep 23, 2026
    Pokhara–Dubai Flights Resume: Flydubai Begins Regular International Service Today

    Share Gyan

    Pokhara–Dubai Flights Resume: Flydubai Begins Regular International Service Today
    Sep 23, 2026
    NIC Asia Equity Opportunity Fund Opens Today: Applications Open Until Ashoj 13

    Share Gyan

    NIC Asia Equity Opportunity Fund Opens Today: Applications Open Until Ashoj 13
    Sep 23, 2026
    Muktinath Mutual Fund 2 Extends IPO Deadline to Ashoj 15

    Share Gyan

    Muktinath Mutual Fund 2 Extends IPO Deadline to Ashoj 15
    Sep 22, 2026
    Muktinath Development Bank Customers to Get Up to 30% Discount at KGH Hotels

    Share Gyan

    Muktinath Development Bank Customers to Get Up to 30% Discount at KGH Hotels