Skip to content
|Loading...
Share Gyan home
EBook

गत साता करिब २ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Published By Share Gyan
गत साता करिब २ प्रतिशत घटेको नेप्से, यस साता के होला?

गत साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २७८८.७० विन्दुमा बन्द भएको नेप्से, गत साता १.७९ प्रतिशत अर्थात ४९.९८ अंक घटेर २७३८.७२ विन्दुमा बन्द भएको थियो।

सो साता चार कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये तीन कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार दिन बढेर बन्द भएको थियो। टेवा क्षेत्र नजिक गत साता नेप्से परिसूचक टेवा क्षेत्र नजिक झरेको छ। हाल नेप्सेको टेवा क्षेत्र २६४५ देखि २६९० सम्म रहेको छ। आगामी दिनमा नेप्से उकालो लागेमा भने २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। अघिल्ला साता पनि नेप्से परिसूचक सोही प्रतिरोध परीक्षण गरी फर्किएको थियो। करेक्टिभ फेज नेप्से अहिले एउटा करेक्टिभ फेजमा छ। बजारले आफ्नो पुरानो सपोर्ट लाइन (सेकेन्डरी ट्रेण्ड) लाई भेट्न खोजिरहेको देखिन्छ। २७१० नजिक देखिएको खरिदचापले बजार विस्तारै सम्हालिन खोजेको संकेत गर्दछ। नेप्से अहिले ५० दिने मुभिङ्ग एभरेज भन्दा तल र १०० दिने मुभिङ्ग एभरेजभन्दा माथि रहेको छ। आगामी दिनमा नेप्से २७०० विन्दुभन्दा माथि रहन सकेमा लामो अवधिको सकारात्मक ट्रेण्ड लाइन कायमै रहनेछ। कमजोर भोल्यूम गत साता नेप्सेको भोल्यूम कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब २९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ७ अर्ब ६३ करोड रुपैयाँ रहेको छ। नेप्से घटेको बेला भोल्यूम पनि घट्नुले बजारमा लगानीकर्ताहरु सस्तोमा शेयर बिक्री गर्न इच्छुक छैनन् भन्ने संकेत गर्दछ। बियरिश प्रवृत्ति गत साता नेप्सेको एमएसिडी रेखा शून्य रेखाभन्दा तल झरेको छ। एमएसिडी रेखा र सिग्नल रेखाबीचको दूरी पनि फराकिलो बन्दै गइरहेको छ। साथै हिस्टोग्राममा उचाई पनि नकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ। यसले गत साता बजार बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। ओभरसोल्ड जोन नजिक गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोन नजिक रहेको छ। जब यो आरएसआई ओभरसोल्ड जोन नजिक पुग्छ, तब बजारमा एक ‘बाउन्स ब्याक’ आउने सम्भावना बढी हुन्छ। (यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।) (उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

Food Imports Through Birgunj Border Drop by 63% in First Quarter of FY 2083/84

Food grain imports through the Birgunj customs point have declined by nearly 63% during the first three months of the current fiscal year compared to the same period last year. Imports of rice, paddy, maize, wheat, and other food grains have recorded significant decreases in both volume and value.

10 Killed, 6 Injured in Passenger Vehicle Accident in Makwanpur; Driver Identified

At least 10 people have died and six others sustained injuries after a passenger vehicle plunged around 500 meters off the road at Chisapani Gadhi in Bhimphedi Rural Municipality-6, Makwanpur, on Thursday morning. Police have identified the driver as Rabishankar Kumar Mandal of Kabilasi Municipality-8, Sarlahi.

Former Deputy Prime Minister Top Bahadur Rayamajhi Released from Jail Under Senior Citizen Concession

Former Deputy Prime Minister Top Bahadur Rayamajhi has been released from Dilli Bazar Prison after receiving a 25% sentence reduction available to senior citizens under existing legal provisions. He was convicted in the fake Bhutanese refugee scam involving fraud, organized crime, and offenses against the state.

Low-Pressure System Affects Weather Across Nepal; Light Rain Likely in Some Provinces

A low-pressure system in the upper atmosphere has affected weather conditions across Nepal, bringing partial cloud cover to mountainous and hilly regions. Light rainfall has been reported in some areas, with similar conditions expected on Thursday.

Dhorpatan Welcomes Tourists as Foreign Hunters Arrive for Blue Sheep and Himalayan Tahr Hunting

Dhorpatan Hunting Reserve in western Nepal is witnessing a rise in domestic and international visitors. While foreign hunters are arriving for the first hunting season of the fiscal year, domestic tourists are exploring its scenic meadows, mountain views, and trekking destinations.

Dan Bahadur Karki's Writ Against Removal as Nepal Police Chief Registered at Supreme Court

Dan Bahadur Karki has filed a writ petition at the Supreme Court, claiming that his removal from the post of Inspector General of Police (IGP) was unlawful. The petition, submitted on Thursday, was officially registered by the Supreme Court administration on Friday.