Published May 27, 2026
By Share Gyan

असारसम्म केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन, त्यसपछि निर्माण थालिने

असारसम्म केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन, त्यसपछि निर्माण थालिने

सरकारले उत्तरी छिमेकी मुलुक चीनदेखि नेपालको राजधानी काठमाडौंसम्म जोड्ने गरी रेलमार्गको सम्भाव्यता अध्ययन कार्य अघि बढाएको छ ।

२०८३ असारसम्ममा अध्ययन कार्य सम्पन्न गर्ने गरी चिनिँया पक्षले रेलमार्गको अध्ययन कार्य अघि बढाएकाे हाे। पूर्वाधार विकास मन्त्रालयका अनुसार, अहिले उक्त रेलमार्गको प्रारम्भिक अध्ययनलगायतका कामहरु भइरहेका छन् । सरकारले पनि उत्तरी मुलुकसँगको कनेक्टिभिटी विस्तार गर्ने नीतिअनुसार यो आयोजना अघि बढाउने तयारी गरेको छ । असार भित्र अध्ययन कार्य सम्पन्न गर्ने र त्यसपछि निर्माणको चरणमा प्रवेश गर्ने गरी तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।