Published May 3, 2026
Updated May 4, 2026By Share Gyan

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य बढ्यो

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य बढ्यो

बैशाख २१ गते सोमबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुन प्रतितोला ३०० रुपैयाँ घटेको छ। चाँदी तोलामा २० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यस दिन चाँदी प्रतितोला पाँच हजार ३० रुपैयाँ खरिदबिक्री भइरहेको छ। गत आईतबारको बजारमा चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँ खरिदबिक्री भएको थियो।