|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9851046764,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    1. Home
    2. /
    3. News
    4. /
    5. नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहने उपविदेशमन्त्री रोजर्सको प्रतिवद्धता
    Published May 31, 2026
    By Share Gyan

    नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहने उपविदेशमन्त्री रोजर्सको प्रतिवद्धता

    नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहने उपविदेशमन्त्री रोजर्सको प्रतिवद्धता

    अमेरिकी सार्वजनिक कुटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्सले नेपालको शाहसिक पर्यटन, नवप्रवर्तन र प्रविधिको विकासमा संयुक्त राज्य अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

    काठमाडौंमा आयोजित ‘एसेन्ट समिट’ लाई सम्बोधन गर्दै उनले दुई देशबीचको ७९ वर्ष लामो कुटनीतिक सम्बन्ध र पर्वतारोहणको विषय ऐतिहासिक कडी भएको बताएकी हुन् । उपविदेशमन्त्री रोजर्सले अमेरिकाले आफ्नो स्वतन्त्रताको २ सय ५० औँ वार्षिकोत्सव मनाइरहेको सन्दर्भ उल्लेख गर्दै अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको शाहस र कौतुहलता रहेको बताइन् । अमेरिकाको जग नै अन्वेषण र जोखिम मोल्ने शाहसले बनेको बर्चा गर्दै उनले यही भावनाले अमेरिकीहरूलाई नेपालका हिमालहरूसम्म डोर्याउने गरेको उल्लेख गरिन। सन् १९६३ मा जिम ह्विटाकरले शेर्पा नवाङ गोम्बूसँग मिलेर सगरमाथाको सफल आरोहण गरी प्रथम अमेरिकी आरोही बनेको ऐतिहासिक क्षणलाई स्मरण गर्दै उनले यसले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको उल्लेख गरिन् । उनकाअनुसार यस वर्ष मात्र ६७ जना अमेरिकीले सगरमाथा आरोहणको प्रयास गरेका छन् । उपविदेशमन्त्री रोजर्सले नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको बलियो उपस्थिति रहेको बताइन् । सन् २०२३ मा नेपाल भ्रमण गर्ने ११ लाख ५० हजार अन्तर्राष्ट्रिय पर्यटकमध्ये १ लाख १२ हजार अमेरिकी नागरिक रहेका थिए । जसले अमेरिकालाई नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार बनाएको छ । अमेरिकी पर्यटकहरूको आगमनले नेपालका पथप्रदर्शक, होटल र स्थानीय समुदायको आर्थिक उत्थानमा प्रत्यक्ष सहयोग पुगेको उनको भनाइ छ । शिखर सम्मेलनमा बोल्दै रोजर्सले पर्वतारोहण अब केवल हिमाल चढ्ने कुरामा मात्र सिमित नरही यसमा प्रविधि र सुरक्षाको भुमिका महत्वपूर्ण भएको बताइन् । उनले भनिन्, ‘हिमालय क्षेत्रको विषम परिस्थितिमा प्रविधिको परीक्षण हुन्छ । ड्रोन प्रविधि, सञ्चार उपकरण र उच्च गुणस्तरका सुरक्षा सामग्रीमा अमेरिकी कम्पनीहरूले नेतृत्व गरिरहेका छन् । सफलता शिखरमा पुग्नु मात्र होइन, यो कोसँग आरोहण गरिन्छ भन्नेमा पनि निर्भर हुन्छ । विगत ७९ वर्षदेखि अमेरिका नेपालको भरपर्दो सहयात्री रहिआएको छ र आगामी दिनमा पनि यो साझेदारीले नयाँ उचाई लिनेछ ।’ नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण सुरक्षित र सफल हुने विश्वास उनले व्यक्त गरिन् । नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने उल्लेख गर्दै उनले नेपाललाई एक भरपर्दो साझेदारको रूपमा साथ दिने पुनः पुष्टि गरिन्।

    Most Recent

    Aug 13, 2026
    Banking Sector Recovery Begins? ICRA Says Nepal’s Toughest Phase May Be Over

    Share Gyan

    Banking Sector Recovery Begins? ICRA Says Nepal’s Toughest Phase May Be Over
    Aug 13, 2026
    Task Force Calls for Leadership Shift and Major Organizational Overhaul

    Share Gyan

    Task Force Calls for Leadership Shift and Major Organizational Overhaul
    Aug 13, 2026
    NEPSE Climbs 8.81 Points, Turnover Reaches Rs. 3.72 Arba

    Share Gyan

    NEPSE Climbs 8.81 Points, Turnover Reaches Rs. 3.72 Arba
    Aug 13, 2026
    Sarbottam Paints Makes NEPSE Debut at Rs. 300, Trading Under SAPIL

    Share Gyan

    Sarbottam Paints Makes NEPSE Debut at Rs. 300, Trading Under SAPIL
    Aug 13, 2026
    Gold Dips, Silver Gains! Precious Metal Prices Move in Opposite Directions

    Share Gyan

    Gold Dips, Silver Gains! Precious Metal Prices Move in Opposite Directions
    Aug 13, 2026
    Government Moves to Cut Middlemen and Raise Farmers’ Earnings

    Share Gyan

    Government Moves to Cut Middlemen and Raise Farmers’ Earnings