|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9851046764,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    1. Home
    2. /
    3. News
    4. /
    5. अप्रिलमा १ लाख ७ हजार पर्यटक भित्रिए, गत वर्ष भन्दा कम
    Published May 3, 2026
    By Share Gyan

    अप्रिलमा १ लाख ७ हजार पर्यटक भित्रिए, गत वर्ष भन्दा कम

    अप्रिलमा १ लाख ७ हजार पर्यटक भित्रिए, गत वर्ष भन्दा कम

    सन् २०२६ को अप्रिल महिनामा नेपालको पर्यटन क्षेत्रमा केही उतारचढाव देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस महिना कुल १ लाख ७ हजार ९३४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

    यो संख्या गत वर्ष सन् २०२५ को अप्रिल महिनाको तुलनामा करिब ८ प्रतिशतले कम हो, जतिबेला १ लाख १६ हजार ४९० पर्यटक नेपाल आएका थिए । कोभिड महामारीभन्दा अघि अर्थात् सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ पर्यटक आएको तुलनामा पनि यस वर्षको आगमन केही खुम्चिएको देखिन्छ । क्षेत्रगत रूपमा विश्लेषण गर्दा नेपालको पर्यटन बजारमा दक्षिण एसियाली मुलुकहरूको हिस्सा सबैभन्दा बलियो देखिएको छ । कुल आगमनको ३१ प्रतिशत अर्थात् ३३ हजार ४३२ पर्यटक सार्क क्षेत्रबाट मात्र आएका छन् भने अन्य एसियाली राष्ट्रबाट २६ हजार ७२६ पर्यटक भित्रिएका छन् । यस्तै युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८ र अमेरिकाबाट २ हजार ५१८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । पश्चिम एसियाबाट १ हजार ६९७ र अफ्रिकी मुलुकबाट ३१५ पर्यटक भित्रिँदा अन्य विभिन्न देशबाट १५ हजार ३६० पर्यटक नेपाल आएका छन् । मुलुकगत आधारमा हेर्दा भारत र चीन नेपालका लागि मुख्य स्रोत बजारका रूपमा स्थापित भएका छन् । सबैभन्दा बढी भारतबाट १५ हजार १९६ पर्यटक आउँदा दोस्रो स्थानमा रहेको चीनबाट ११ हजार ७२२ पर्यटक आएका छन् भने बंगलादेश ५ हजार २३१ पर्यटकसहित तेस्रो स्थानमा रहेको छ । भारत र चीनबाहेक अन्य एसियाली, युरोपेली र अमेरिकी मुलुकहरूबाट पनि पर्यटक आगमनको क्रम क्रमिक रूपमा बढ्दै जानुले नेपालको पर्यटन बजार एकल निर्भरताबाट बहुस्रोततर्फ विस्तार भइरहेको संकेत गर्दछ । यसपटक पर्यटक आगमनमा केही संकुचन आउनुमा अन्तर्राष्ट्रिय परिस्थिति मुख्य कारक देखिएको छ । विशेषगरी पश्चिम एसियामा चर्किएको द्वन्द्वले हवाई पहुँचमा अवरोध सिर्जना गरेको र अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धन गर्ने कार्यमा प्रभाव परेकाले अप्रिलको तथ्यांकमा केही असर परेको बोर्डको ठहर छ । आगामी दिनमा पर्यटकको संख्या बढाउन र पर्यटन क्षेत्रमा लगानीको वातावरण सुदृढ गर्न डिजिटल मार्केटिङलाई तीव्रता दिने तथा नेपाललाई विश्वकै सुरक्षित र आकर्षक गन्तव्यका रूपमा चिनाउने नयाँ रणनीति र कार्यक्रमहरूको आवश्यकता देखिएको छ ।

    Most Recent

    Aug 13, 2026
    Banking Sector Recovery Begins? ICRA Says Nepal’s Toughest Phase May Be Over

    Share Gyan

    Banking Sector Recovery Begins? ICRA Says Nepal’s Toughest Phase May Be Over
    Aug 13, 2026
    Task Force Calls for Leadership Shift and Major Organizational Overhaul

    Share Gyan

    Task Force Calls for Leadership Shift and Major Organizational Overhaul
    Aug 13, 2026
    NEPSE Climbs 8.81 Points, Turnover Reaches Rs. 3.72 Arba

    Share Gyan

    NEPSE Climbs 8.81 Points, Turnover Reaches Rs. 3.72 Arba
    Aug 13, 2026
    Sarbottam Paints Makes NEPSE Debut at Rs. 300, Trading Under SAPIL

    Share Gyan

    Sarbottam Paints Makes NEPSE Debut at Rs. 300, Trading Under SAPIL
    Aug 13, 2026
    Gold Dips, Silver Gains! Precious Metal Prices Move in Opposite Directions

    Share Gyan

    Gold Dips, Silver Gains! Precious Metal Prices Move in Opposite Directions
    Aug 13, 2026
    Government Moves to Cut Middlemen and Raise Farmers’ Earnings

    Share Gyan

    Government Moves to Cut Middlemen and Raise Farmers’ Earnings