|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9851046764,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    1. Home
    2. /
    3. News
    4. /
    5. झुटो बोल्न आउँदैन, अर्को चोटि भोट पाउँदैन भन्दै भूमिहीन तथा अव्यवस्थित बसोवासीको प्रदर्शन
    Published May 3, 2026
    By Share Gyan

    झुटो बोल्न आउँदैन, अर्को चोटि भोट पाउँदैन भन्दै भूमिहीन तथा अव्यवस्थित बसोवासीको प्रदर्शन

    झुटो बोल्न आउँदैन, अर्को चोटि भोट पाउँदैन भन्दै भूमिहीन तथा अव्यवस्थित बसोवासीको प्रदर्शन

    कास्कीमा आवासको हक सुनिश्चित गर्नुपर्ने माग राख्दै भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूले विरोध प्रदर्शन गरेका छन् ।

    भूमिहीन तथा अव्यवस्थित बसोवासी सरोकार संघर्ष समितिको आयोजनामा सोमवार उक्त प्रदर्शन भएको हो । आफ्ना मागहरू सम्बोधनका लागि दबाब दिने उद्देश्यले आयोजित प्रदर्शनमा सहभागीहरूले सरकार र राजनीतिक दलहरूले विगतमा गरेका प्रतिवद्धता पूरा नगरेको भन्दै आक्रोश व्यक्त गरे । प्रदर्शनकारीहरूले ‘हाम्रो नारा हाम्रो भोट, बिर्सेउ वाचा, दियौ चोट’, ‘आवासको हक सुनिश्चित गर’ तथा ‘झुटो बोल्न आउँदैन, अर्को चोटी भोट पाउँदैन’ जस्ता नाराहरू लगाएका थिए । संघर्ष समितिले निर्वाचनका समयमा गरिएका बाचाहरू कार्यान्वयन नभएको र भूमिहीनहरूको समस्या समाधानमा राज्य उदासीन रहेको आरोप लगाएको छ । संविधान प्रदत्त आवासको हकलाई व्यवहारमा उतार्न र अव्यवस्थित बसोवासीलाई स्थायी बसोवासको व्यवस्था मिलाउन उनीहरूले जोडदार माग गरेका छन् । वर्षौंदेखि थातथलोको सुरक्षा र लालपुर्जाको प्रतीक्षामा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।

    Most Recent

    Sep 2, 2026
    NEPSE Gains 15 Points, Index Climbs Above 2,538

    Share Gyan

    NEPSE Gains 15 Points, Index Climbs Above 2,538
    Sep 2, 2026
    Disaster Relief Fund Crosses Rs. 7.88 Billion as Government Plans Reconstruction

    Share Gyan

    Disaster Relief Fund Crosses Rs. 7.88 Billion as Government Plans Reconstruction
    Sep 2, 2026
    Government Seeks Permanent Solution to Krishna Bhir Landslide

    Share Gyan

    Government Seeks Permanent Solution to Krishna Bhir Landslide
    Sep 2, 2026
    Government Plans Alternative Routes for LPG Supply

    Share Gyan

    Government Plans Alternative Routes for LPG Supply
    Sep 2, 2026
    Krishna Bhir Road to Reopen Within Bhadra

    Share Gyan

    Krishna Bhir Road to Reopen Within Bhadra
    Sep 2, 2026
    Nepal Rastra Bank Eases Branch Relocation Rules for Disaster-Hit Microfinance Firms

    Share Gyan

    Nepal Rastra Bank Eases Branch Relocation Rules for Disaster-Hit Microfinance Firms