Published May 27, 2026
By Share Gyan

नेपाल राष्ट्र बैंकका तीन जना कार्यकारी निर्देशकको सरुवा

नेपाल राष्ट्र बैंकका तीन जना कार्यकारी निर्देशकको सरुवा

नेपाल राष्ट्र बैंकले विभिन्न विभागका तीन जना कार्यकारी निर्देशकको सरुवा गरेको छ ।

मानव संसाधन व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार २०८३ जेठ १९ गतेदेखि लागू हुने गरी तीन जना कार्यकारी निर्देशकको विभागीय सरुवा गरिएको हो । राष्ट्र बैंकको २०८३ जेठ १२ गतेको निर्णयअनुसार डा. सत्येन्द्र तिमिल्सिनालाई भुक्तानी प्रणाली विभागबाट आर्थिक अनुसन्धान विभागमा सरुवा गरिएको छ । त्यसैगरी डा. राम शरण खरेललाई आर्थिक अनुसन्धान विभागबाट सूचना प्रविधि विभागमा पठाइएको छ । यस्तै, निशल अधिकारीलाई सूचना प्रविधि विभागबाट भुक्तानी प्रणाली विभागमा सरुवा गरिएको सूचनामा उल्लेख छ । मानव संसाधन व्यवस्थापन विभागअन्तर्गत कर्मचारी अभिलेख व्यवस्थापन इकाइद्वारा जारी सूचनामा कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलको हस्ताक्षर रहेको छ ।