|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9851046764,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    1. Home
    2. /
    3. News
    4. /
    5. सातामा करिब १ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?
    Published May 29, 2026
    By Share Gyan

    सातामा करिब १ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

    सातामा करिब १ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

    यस साता नेप्से परिसूचक करिब १ प्रतिशत बढेर बन्द भएको छ। गत साता २७५८.४९ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.८६ प्रतिशत अर्थात २३.६१ अंक बढेर २७८२.१० विन्दुमा बन्द भएको छ।

    यस साता तीन कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो। यस साता सेन्सेटिभ इण्डेक्स ३.६२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२१ अंक घटेको छ। नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ५५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ६२ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ५८.३५ प्रतिशत बढेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ५७.२७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ३१.१५ प्रतिशत घटेको छ। यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब १ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४२ अर्ब रुपैयाँ बढेर ४७ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ। १३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशत बढेको छ। गत साता १० हजार ७९१.२८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २०१.३५ अंक बढेर १० हजार ९९२.६३ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस साता सामान्य घटेको छ। गत साता २३९१.४७ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ०.२६ प्रतिशत अर्थात ६.१२ अंक घटेर २३८५.३५ विन्दुमा झरेको छ। यस साता मूल्य बढेका स्टकहरुको मूल्य वृद्धिदर १० प्रतिशतभन्दा कम रहेको छ। यस साता आँखु खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९.४५ प्रतिशत बढेको छ भने थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशत र नेपाल रिपब्लिक मिडियाको शेयरमूल्य ८ प्रतिशत बढेको छ। कारोबारमा आएको एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य यस साता ५.९५ प्रतिशत घटेको छ। फ्लोरसिट विश्लेषण गर्दा यस साता नेपाल इन्स्योरेन्स कम्पनी, कृषि विकास बैंक, सुपर माई हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने चन्द्रागिरी हिल्स, युनाइटेड अजोड इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

    Most Recent

    Sep 22, 2026
    Muktinath Development Bank Customers to Get Up to 30% Discount at KGH Hotels

    Share Gyan

    Muktinath Development Bank Customers to Get Up to 30% Discount at KGH Hotels
    Sep 22, 2026
    Relief Funds Cross Rs 15 Billion as Bhote Koshi Flood Recovery Continues

    Share Gyan

    Relief Funds Cross Rs 15 Billion as Bhote Koshi Flood Recovery Continues
    Sep 22, 2026
    Heavy Rain Alert in Bagmati: Residents Urged to Stay on High Alert

    Share Gyan

    Heavy Rain Alert in Bagmati: Residents Urged to Stay on High Alert
    Sep 22, 2026
    ICRA Nepal Reaffirms BBB- Rating for Bikash Hydropower

    Share Gyan

    ICRA Nepal Reaffirms BBB- Rating for Bikash Hydropower
    Sep 22, 2026
    NRB Introduces New NID Rules for Digital Wallet Users

    Share Gyan

    NRB Introduces New NID Rules for Digital Wallet Users
    Sep 22, 2026
    Gold, Silver Prices Fall in Nepalese Market

    Share Gyan

    Gold, Silver Prices Fall in Nepalese Market