|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9851046764,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    1. Home
    2. /
    3. News
    4. /
    5. आज देशभर असिना पानी र चट्याङ्गको सम्भावना, सातै प्रदेशमा सतर्क रहन आग्रह
    Published May 2, 2026
    By Share Gyan

    आज देशभर असिना पानी र चट्याङ्गको सम्भावना, सातै प्रदेशमा सतर्क रहन आग्रह

    आज देशभर असिना पानी र चट्याङ्गको सम्भावना, सातै प्रदेशमा सतर्क रहन आग्रह

    देशभर आज मौसम बदली भई विभिन्न स्थानमा असिना पानीसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणाली सक्रिय रहेको छ।

    यसको प्रभावका कारण अहिले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लागेको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसोको अवस्था आज दिउँसो पहाडी र हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। साथै मधेस प्रदेश र कोशी प्रदेशको तराईका केही स्थानमा पनि वर्षा हुन सक्नेछ। रातिको पूर्वानुमान आज राति देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि यस्तै किसिमको मौसम देखिन सक्छ। विशेषगरी लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। सावधानी अपनाउन सुझाव मौसममा अचानक परिवर्तन आउन सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन, विशेषगरी चट्याङ्ग र असिनाबाट जोगिन सुरक्षित स्थानमा बस्न तथा यात्रा गर्दा ध्यान दिन आग्रह गरिएको छ।

    Most Recent

    Sep 2, 2026
    NEPSE Gains 15 Points, Index Climbs Above 2,538

    Share Gyan

    NEPSE Gains 15 Points, Index Climbs Above 2,538
    Sep 2, 2026
    Disaster Relief Fund Crosses Rs. 7.88 Billion as Government Plans Reconstruction

    Share Gyan

    Disaster Relief Fund Crosses Rs. 7.88 Billion as Government Plans Reconstruction
    Sep 2, 2026
    Government Seeks Permanent Solution to Krishna Bhir Landslide

    Share Gyan

    Government Seeks Permanent Solution to Krishna Bhir Landslide
    Sep 2, 2026
    Government Plans Alternative Routes for LPG Supply

    Share Gyan

    Government Plans Alternative Routes for LPG Supply
    Sep 2, 2026
    Krishna Bhir Road to Reopen Within Bhadra

    Share Gyan

    Krishna Bhir Road to Reopen Within Bhadra
    Sep 2, 2026
    Nepal Rastra Bank Eases Branch Relocation Rules for Disaster-Hit Microfinance Firms

    Share Gyan

    Nepal Rastra Bank Eases Branch Relocation Rules for Disaster-Hit Microfinance Firms