|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9851046764,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    1. Home
    2. /
    3. News
    4. /
    5. सरकारले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्दछः राजेन्द्र लिङदेन
    Published May 29, 2026
    By Share Gyan

    सरकारले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्दछः राजेन्द्र लिङदेन

    सरकारले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्दछः राजेन्द्र लिङदेन

    प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन् ।

    पार्टी स्थापनाको ३६ वर्ष प्रवेश गरेको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । अध्यक्ष लिङदेनले मानव अधिकार आयोगले दोषी करार गरेकाहरुले तत्काल सफाईका लागि प्रक्रिया अघि बढाउनुपर्नेमा पनि जोड दिए । मानव अधिकार आयोगको सो प्रतिवेदनमा नेपालमा मात्रै सीमित नभएर यो संयुक्त राष्ट्र संघ र त्यसमा आवद्ध संघ, संस्थाहरुको पनि रेकर्डमा रहने भएकाले त्यसमा दोषी देखिएकाहरुले सफाईका लागि आवश्यक कदम चाल्न ढिलाई गर्न नहुने अध्यक्ष लिङदेनको भनाई छ । उनले उक्त प्रतिवेदनले धेरै कुरा उजागर गरेकाले पनि सरकारले तत्काल त्यसको कार्यान्वयनमा अग्रसरता देखाउनुपर्ने आवश्यकता औँल्याए । अध्यक्ष लिङदेनले भने,‘मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । यो अत्यन्तै महत्वको छ । यसले धेरै कुराहरुको उजागर गरेको छ । र यसलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अग्रसर हुनुपर्दछ । यसमा अभियुक्तमा रुपमा देखिएका अथवा मानव अधिकार आयोगले दोषी ठहर्याएका मानिसहरुले पनि प्रक्रिया पुर्याएर छिटो भन्दा छिटो सफाई लिनु पर्दछ । यो गम्भिर विषय हो । किनभने यो केबल नेपालमा मात्रै सिमित रहने विषय होइन । यो प्रतिवेदन त युएनसँग सम्बन्धित अन्तर्राष्ट्रिय मानव अधिकारसँग सम्बन्धित, अन्य विभिन्न संयुक्त राष्ट्र संघ सम्बन्धित संघ, संस्थाहरुसँग रेकडेट हुनेछ । र यसैलाई आधार मानेर विगतमा विभिन्न देशहरुले यो मानव अधिकार उलंघनमा दोषी ठहरिएकाहरुलाई विदेश भ्रमणमा जाँदाखेरी रोका गरिएका घटनाहरु समेत छन । त्यसकारण यो अत्यन्तै गम्भिर विषय भएको हुनाले दोषीहरुले सफाई लिने र सरकारले यसमा एउटा प्रक्रिया पुरा गर्ने दिशामा जानु पर्दछ । यो प्रतिवेदन कार्यान्वयनमा लैजानु पर्दछ ।’ त्यस अवसरमा अध्यक्ष लिङदेनले आफनो पार्टी मुलुकको एक मात्रै बैकल्पिक राजनीतिक शक्ति भएको जिकिर गर्दै निराश नभई सिंगो पार्टी पंक्तिलाई आह्वान पनि गरे ।

    Most Recent

    Sep 22, 2026
    Muktinath Development Bank Customers to Get Up to 30% Discount at KGH Hotels

    Share Gyan

    Muktinath Development Bank Customers to Get Up to 30% Discount at KGH Hotels
    Sep 22, 2026
    Relief Funds Cross Rs 15 Billion as Bhote Koshi Flood Recovery Continues

    Share Gyan

    Relief Funds Cross Rs 15 Billion as Bhote Koshi Flood Recovery Continues
    Sep 22, 2026
    Heavy Rain Alert in Bagmati: Residents Urged to Stay on High Alert

    Share Gyan

    Heavy Rain Alert in Bagmati: Residents Urged to Stay on High Alert
    Sep 22, 2026
    ICRA Nepal Reaffirms BBB- Rating for Bikash Hydropower

    Share Gyan

    ICRA Nepal Reaffirms BBB- Rating for Bikash Hydropower
    Sep 22, 2026
    NRB Introduces New NID Rules for Digital Wallet Users

    Share Gyan

    NRB Introduces New NID Rules for Digital Wallet Users
    Sep 22, 2026
    Gold, Silver Prices Fall in Nepalese Market

    Share Gyan

    Gold, Silver Prices Fall in Nepalese Market