Published May 31, 2026
Updated June 1, 2026By Share Gyan

प्रि ओपन सेसन अपडेटःसामान्य अंक बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेटःसामान्य अंक बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ४.९९ अंक बढेर २७८२.१० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२९ अंक बढेर २७८२.३९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०२ अंक घटेको छ। सोमबार प्रि ओपन सेसनमा ९६ स्टकको ३०३ पटकको कारोबारमा २ करोड २५ लाख ८२ हजार ८८२ रुपैयाँबराबरको ४८ हजार २८८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४६ स्टकको मूल्य बढेको छ भने ३१ स्टकको मूल्य घटेको छ। बाँकी १९ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।