|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9851046764,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    1. Home
    2. /
    3. News
    4. /
    5. स्वदेशमा बिजुलीको खपत बढाउने योजनामा ‘ब्रेक’, उपभोक्तालाई छुटको सट्टा करको ‘डन्डा’
    Published June 1, 2026
    By Share Gyan

    स्वदेशमा बिजुलीको खपत बढाउने योजनामा ‘ब्रेक’, उपभोक्तालाई छुटको सट्टा करको ‘डन्डा’

    स्वदेशमा बिजुलीको खपत बढाउने योजनामा ‘ब्रेक’, उपभोक्तालाई छुटको सट्टा करको ‘डन्डा’

    हरिप्रसाद शर्मा झन्डै दुइ तिहाई जनमत पाएको सरकारले ल्याएको बजेटले स्वदेशी बिजुलीको खपत वृद्धि र प्रवर्द्धन गर्ने नीतिलाई भने उपेक्षा गरेको छ ।

    खासगरी, अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ मा ५० युनिटभन्दा बढी बिजुली खपत गर्नेलाई ५ प्रतिशतसम्म कर लगाउने व्यवस्था ल्याए । यो विषयले अहिले सरकार र अर्थमन्त्री वाग्ले पनि चौतर्फी आलोचनाका पात्र बनेका छन् । यसअघिका सरकारले जति बढी बिजुली खपत गर्यो, त्यति नै बिजुलीको महसुलमा छुट पाउने व्यवस्था गरेका थिए । तर, त्यस्तो व्यवस्था हटाएर सरकारले ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने ग्राहकलाई ५ प्रतिशतसम्म कर लगाउने गरी बजेट ल्यायाे । यसअघि ठूला उद्योग र मध्यम आय भएका व्यक्तिलाई दीर्घकालीन रुपमा अतिरिक्त व्ययभार थपेको छ । त्यतिमात्र होइन, स्वदेशी बिजुली जुन ग्राहकले बढी खपत गर्छ, त्यस्ता ग्राहकलाई अधिकतम छुट दिनुपर्ने थियो । तर, सरकारले त्यसो गरेन् । बरु, प्रसारण तथा वितरण पूर्वाधार निर्माण र स्तरोन्नति गर्न ठूलो पूँजी चाहिने भएकाले पनि बिजुली खपतमा कर लगाउनुपरेको अर्थमन्त्री वाग्लेको दाबी छ । वर्षेनी आयातित पेट्रोल, डिजेलजन्य वस्तुमा ठूलो रकम बाहिरिने गरेको सन्दर्भमा यसअघिका सरकारले स्वदेशी बिजुलीको खपत वृद्धि र प्रवर्द्धन गर्ने नीति लिएका थिए । तर, यो सरकार भने त्यसको ठिक उल्टो बाटोमा हिँडेको देखिन्छ । यो सरकार स्वदेशीको बिजुलीको स्वदेशमै खपत वृद्धि गर्ने ग्राहकलाई छुट होइन् बरु कर बढाएर देश विकास गर्ने लक्ष्य लिएको छ । हुन त नेपालको विद्युत् खपत बढाउने संरचनागत सुधार हुन सकेको छैन् । अर्थात, दशकौंअघि बनेको प्रसारण लाइन तथा वितरण प्रणालीहरुको क्षमता निकै कमजोर छ । अर्थात, भरपर्दो र गुणस्तरीय बिजुली आपूर्तिका लागि सरकारले प्रसारण तथा वितरण पूर्वाधारमा व्यापक लगानी गर्नुपर्ने आवश्यकता भने छ । तर, ठूलो लगानी जुटाउने नाममा सरकारले स्वदेशी बिजुली खपत गर्ने ग्राहकलाई निरुत्साहित बनाएको छ । सरकारले पनि जतिसक्दो स्वदेशी बिजुली उपयोगमा ध्यान दिनुपर्ने थियो । किनकी, वर्षेनी हिउँदयामका ४ महिनामा र अन्य समयमा भारतबाट बिजुली आयात गर्नुपर्ने बाध्यता अहिले पनि यथावत छ । भारतबाट बिजुली आयात घटाउन पनि स्वदेशी बिजुली खपत र प्रवर्द्धनमा जोड दिनुपर्ने आवश्यकता थियो । खपत बढाउँदै सरकारले प्रसारण तथा वितरण संरचना र पूर्वाधारलाई थप सशक्त र मजबुद बनाउँदै जानुपर्ने आवश्यकता थियो । तर, कमजोर प्रसारण र वितरण प्रणालीका कारण तत्काल नेपाल विद्युतीकरणमा जान नसक्ने र घर घरमा विद्युतीय चुल्हो जडान गरेमा त्यसले लोड धान्न नसकी देशभरका सवस्टेशन पड्किने अवस्था रहेको सरकारको ठहर छ । सरकारको उक्त कदमलाई उद्योगी व्यवसायीहरुले समेत आलोचना गरिरहेका छन् । बढी बिजुली खपत गर्ने क्षेत्र औद्योगिक क्षेत्र नै हो । तर, सरकारले बढी बिजुली खपत गर्ने क्षेत्रबाट कर असुल्ने रणनीतिप्रति भने उद्योगी व्यवसायी र सरोकारवाला निकायले विरोध गरिरहेका छन् । तत्काल विद्युतीय युगमा जान नसकिने प्रधानमन्त्रीको दाबी त्यस कारण पनि तत्काल नेपाल विद्युतीकरणमा जान नसक्ने स्वंयम प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले समेत संसदको रोष्टरबाट भनेका थिए । ‘साँच्चीकै भन्ने हो भने हामी तुरुन्त नेपाल विद्युतीय युगमा जान सकिने अवस्था छैन,’ उनले भने, ‘हरेक भान्सामा बिजुलीबाट पकाउने इन्डक्सन चलाउने हो भने देशमा भएका सवै ट्रान्सफर्मर र सवस्टेशन पड्किन्छन् ।’ खपत बिजुली पुर्याउने संयन्त्र र क्षमता नै नभएकाले नयाँ प्रसारण लाइन निर्माण र स्तरोन्नति गर्न पनि ५० युनिटभन्दा बढी बिजुली खपत गर्नेलाई कम्तीमा ५ प्रतिशतसम्म कर लगाउनु परेको उनले बताएका छन् । जनतालाई भार पर्ने गरी सरकार उल्टो बाटोमा हिड्योः उपभोक्ताकर्मी उपभोक्ताहरुले पनि सरकारको यो कदमको विरोध गरेका छन् । बिजुलीजस्तो अत्यावश्यक वस्तुमा पनि सरकारले जनतालाई भार पर्ने गरी कर लगाएको छ, यो नितान्त गलत रहेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन् । ‘ग्यास, पेट्रोल, डिजेलजस्ता वस्तुको आयात प्रतिस्थापन गर्दै स्वदेशी बिजुलीको खपत बढाउनुपर्ने बेलामा सरकार उल्टो बाटो हिड्यो,’ उनले भने, ‘यो विषयमा सरकारले पुर्नबिचार गर्नुपर्छ । सच्याउनुपर्छ ।’

    Most Recent

    Oct 13, 2026
    NEPSE Gains 4.12 Points to Close at 2,599.93 as Sagarmatha Jalabidhyut Leads Gainers

    Share Gyan

    NEPSE Gains 4.12 Points to Close at 2,599.93 as Sagarmatha Jalabidhyut Leads Gainers
    Oct 13, 2026
    Nepal Set 264-Run Target for Oman in ICC Men's Cricket World Cup League 2

    Share Gyan

    Nepal Set 264-Run Target for Oman in ICC Men's Cricket World Cup League 2
    Oct 13, 2026
    IMF Projects Nepal’s Economic Growth at 3.6% in 2026, Lags Behind Asian Average

    Share Gyan

    IMF Projects Nepal’s Economic Growth at 3.6% in 2026, Lags Behind Asian Average
    Oct 13, 2026
    Floods and Landslides Damage Power Infrastructure, Disrupt Around 200 MW of Electricity Generation in Nepal

    Share Gyan

    Floods and Landslides Damage Power Infrastructure, Disrupt Around 200 MW of Electricity Generation in Nepal
    Oct 13, 2026
    NEA Extends National Power Grid to Remote Hotiya Settlement in Sankhuwasabha

    Share Gyan

    NEA Extends National Power Grid to Remote Hotiya Settlement in Sankhuwasabha
    Oct 13, 2026
    Khalti Unveils Six New Products at Nepal Fintech Expo 2026

    Share Gyan

    Khalti Unveils Six New Products at Nepal Fintech Expo 2026