|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9851046764,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    1. Home
    2. /
    3. News
    4. /
    5. हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?
    Published June 3, 2026
    Updated June 4, 2026By Share Gyan

    हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

    हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

    नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।

    अहिलेसम्म सार्वजनिक ९३ वटा हाइड्रोपावर कम्पनीको वित्तीय विवरण अनुसार हाइड्रोपावर क्षेत्रको कुल खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ३.४२ प्रतिशतले बढेर ८ अर्ब ९२ करोड ८१ लाख ६ हजार रुपैयाँ पुगेको छ। गत वर्ष यो नाफा ८ अर्ब ६२ करोड ५१ लाख ९५ हजार रुपैयाँ मात्र सीमित थियो। नदीहरूमा पानीको राम्रो बहाव र वित्तीय लागतमा आएको कमीका कारण यस क्षेत्रका अधिकांश कम्पनीहरूको नाफा र प्रतिसेयर आम्दानीमा लोभलाग्दो सुधार देखिएको हो। यस अवधिमा सबैभन्दा धेरै खुद नाफा कमाउने सूचीमा साहस उर्जा लिमिटेड अग्रस्थानमा देखिएको छ। साहस उर्जाले गत वर्षको ८३ करोड ४१ लाख रुपैयाँको तुलनामा ४१.७८ प्रतिशतले नाफा बढाउँदै १ अर्ब १८ करोड २७ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। दोस्रो स्थानमा रहेको अपि पावर कम्पनीको नाफा पनि ८६.२९ प्रतिशतले बढेर ६५ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने माउन्टेन एनर्जीले ५२ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। प्रतिशतका आधारमा भने बुद्ध भूमि नेपाल हाइड्रोपावरले चामत्कारिक छलाङ मारेको छ। गत वर्ष जम्मा ५ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षमा ४०५३.३० प्रतिशतको वृद्धि गर्दै २ करोड ३३ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको छ। प्रतिसेयर आम्दानीतर्फ पनि रु. ३४.४८ सहित साहस उर्जा नै शीर्ष स्थानमा छ। नाफा वृद्धि हुनुका मुख्य कारणहरू हाइड्रोपावर क्षेत्रको नाफा यसरी बढ्नुमा मुख्य रूपमा देशको सुध्रिँदो समष्टिगत आर्थिक सूचक र वित्तीय अवस्थाले काम गरेको छ। विगतका वर्षहरूमा बैंकको ब्याजदर दोहोरो अंकमा पुग्दा कम्पनीहरूको आम्दानीको ठूलो हिस्सा वित्तीय खर्चमै सकिने गरेको थियो। तर पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलताका कारण बैंकको ब्याजदर एकल अंकमा झरेपछि हाइड्रोपावर आयोजनाहरूको ऋण व्यवस्थापन लागत अर्थात् वित्तीय लागतमा ठूलो गिरावट आयो। यो घट्दो ब्याजदरको सीधा फाइदा कम्पनीहरूको खुद नाफामा देखिएको एक हाइड्राेपावरका स‌ंचालकले मेराे लगानीलाई बताए। यसका साथै प्राकृतिक र प्राविधिक अनुकूलताले पनि यस वर्ष उत्पादन बढाउन मद्दत गर्यो। यस वर्ष मनसुन लामो समयसम्म सक्रिय रहनु र हिउँदमा पनि नदीहरूमा पानीको बहाव अपेक्षाकृत राम्रो हुनाले रन अफ रिभर आयोजनाले आफ्नो पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न पाए। नेपाल विद्युत प्राधिकरणसँगको विद्युत खरिद सम्झौता (पीपीए) बमोजिम उत्पादन बढेसँगै कम्पनीहरूको बिक्री आम्दानी पनि स्वतः बढ्न पुग्यो। अर्कोतर्फ, सञ्चालनमा आएको केही वर्ष भइसकेका पुराना कम्पनीहरूले आफ्नो सावाँ भुक्तानी गर्दै जाँदा कुल ऋणको भार घटेको छ भने नयाँ कम्पनीहरूले व्यावसायिक उत्पादन सुरु गरेको सुरुवाती वर्षहरूमा पाउने सरकारी रोयल्टी छुटको सुविधाले पनि सञ्चालन खर्च घटाउन ठूलो भूमिका खेलेको छ। केही ठूला आयोजनालाई भने धक्का समग्र बजारमा सुधार देखिए पनि केही ठूला र बहुप्रतीक्षित आयोजनाहरूको वित्तीय विवरण भने निराशाजनक छ। विशेष गरी रसुवागढी हाइड्रोपावर कम्पनीको नोक्सानी ७४८.८९ प्रतिशतले बढेर १ अर्ब २३ करोड ९६ लाख रुपैयाँ पुगेको छ, जसका कारण यसको प्रतिसेयर आम्दानी पनि ऋणात्मक २४.१६ रुपैयाँ पुगेको छ। त्यस्तै, विगतमा राम्रो नाफा कमाउने गरेको माथिल्लो तामाकोशी हाइड्रोपावरको नाफामा ११३.९० प्रतिशतको पहिरो जाँदा यस त्रैमासमा कम्पनी २८ करोड ६७ लाख रुपैयाँ नोक्सानीमा गएको छ। यी कम्पनीहरूमा निर्माण अवधिको उच्च ब्याज, ह्रासकट्टी र वित्तीय खर्चको भार बढी पर्दा समग्र क्षेत्रको नाफा वृद्धिदरको औसत अंकलाई केही संकुचित बनाएको देखिन्छ।

    Most Recent

    Oct 13, 2026
    NEPSE Gains 4.12 Points to Close at 2,599.93 as Sagarmatha Jalabidhyut Leads Gainers

    Share Gyan

    NEPSE Gains 4.12 Points to Close at 2,599.93 as Sagarmatha Jalabidhyut Leads Gainers
    Oct 13, 2026
    Nepal Set 264-Run Target for Oman in ICC Men's Cricket World Cup League 2

    Share Gyan

    Nepal Set 264-Run Target for Oman in ICC Men's Cricket World Cup League 2
    Oct 13, 2026
    IMF Projects Nepal’s Economic Growth at 3.6% in 2026, Lags Behind Asian Average

    Share Gyan

    IMF Projects Nepal’s Economic Growth at 3.6% in 2026, Lags Behind Asian Average
    Oct 13, 2026
    Floods and Landslides Damage Power Infrastructure, Disrupt Around 200 MW of Electricity Generation in Nepal

    Share Gyan

    Floods and Landslides Damage Power Infrastructure, Disrupt Around 200 MW of Electricity Generation in Nepal
    Oct 13, 2026
    NEA Extends National Power Grid to Remote Hotiya Settlement in Sankhuwasabha

    Share Gyan

    NEA Extends National Power Grid to Remote Hotiya Settlement in Sankhuwasabha
    Oct 13, 2026
    Khalti Unveils Six New Products at Nepal Fintech Expo 2026

    Share Gyan

    Khalti Unveils Six New Products at Nepal Fintech Expo 2026