Published May 3, 2026
Updated May 4, 2026By Share Gyan

कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुने छैन,भ्रममा नपराै : प्रधानमन्त्री बालेन शाह

कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुने छैन,भ्रममा नपराै : प्रधानमन्त्री बालेन शाह

प्रधानमन्त्री बालेन शाहले भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकहरूमा उठिबास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् ।

प्रधानमन्त्री शाहले वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा स्पष्ट आधारमा अभिलेख तयार गर्ने कार्य प्रारम्भ गरिएको उल्लेख गरेका छन् । 'यस प्रक्रियाबाट भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दीगो समाधानतर्फ सरकार अघि बढिसकेको छ,' उनले लेखेका छन् ।