|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9851046764,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    June 3, 2026

    अमेरिकाको ‘विरोधाभासपूर्ण’ मागका कारण शान्ति वार्ता लम्बिँदैः इरान

    अमेरिकाको ‘विरोधाभासपूर्ण’ मागका कारण शान्ति वार्ता लम्बिँदैः इरान

    इरानको विदेश मन्त्रालयले अमेरिकाको नयाँ र विरोधाभासपूर्ण मागहरूका कारण युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रक्रिया लम्बिँदै गएको बताएको छ । साप्ताहिक पत्रकार सम्मेलनमा इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकी अडानमा देखिएको अस्थिरताका कारण वार्ता निष्कर्षमा पुग्न ढिलाइ भएको जानकारी दिए ।

    उनले भने, ‘अर्को पक्षले निरन्तर आफ्नो धारणा परिवर्तन गर्ने, नयाँ र विरोधाभासपूर्ण मागहरू राख्ने तथा सञ्चारमाध्यममार्फत बाझिने खालका सन्देशहरू प्रवाह गरिरहेको अवस्थामा वार्ता प्रक्रिया लम्बिनु स्वभाविक हो ।’ प्रवक्ता बाघेईले लेबनानमा युद्धविरामको विषय कुनैपनि अन्तिम शान्ति सम्झौताको ’अपरिहार्य’ हिस्सा भएको समेत स्पष्ट पारे । इरान र अमेरिकाबीच ४० दिनको युद्धपछि गत अप्रिल ८ मा युद्धविराम भएको थियो । त्यसपश्चात अप्रिल ११ र १२ मा पाकिस्तानको इस्लामावादमा पहिलो चरणको शान्ति वार्ता भएपनि त्यसले कुनै ठोस नतिजा निकाल्न सकेको थिएन । विगतका केही हप्तादेखि दुवै पक्षले पाकिस्तानको मध्यस्थतामा शान्तिका सर्तहरू समेटिएका विभिन्न प्रस्तावित योजनाहरू आदानप्रदान गरिरहेका थिए । उनीहरू युद्ध अन्त्यका लागि एक समझदारी पत्रलाई अन्तिम रूप दिने प्रयासमा रहेका छन् । यद्यपि लेबनानमा इजरायली सैन्य गतिविधिलाई लिएर इरानले अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको सन्देश आदानप्रदान प्रक्रिया तत्कालका लागि स्थगित गरेको इरानको अर्ध–सरकारी समाचार संस्था ‘तस्निम’ ले जनाएको छ ।

    Most Recent

    Jun 4, 2026
    माउन्ट एभरेष्ट पावरले असार ३ गतेदेखि आईपीओ निष्काशन गर्ने

    ShareGyan

    माउन्ट एभरेष्ट पावरले असार ३ गतेदेखि आईपीओ निष्काशन गर्ने
    Jun 4, 2026
    सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    ShareGyan

    सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
    Jun 3, 2026
    हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

    ShareGyan

    हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?
    Jun 3, 2026
    बजेटले राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने भन्यो, पैसा थप्ने चार विकल्प, कुन विकल्पमा जाला सरकार ?

    ShareGyan

    बजेटले राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने भन्यो, पैसा थप्ने चार विकल्प, कुन विकल्पमा जाला सरकार ?
    Jun 3, 2026
    नेपालमा 'फिनटेक मार्केटप्लेस' को नयाँ युग: के हो यो र यसले कसरी काम गर्छ ?

    ShareGyan

    नेपालमा 'फिनटेक मार्केटप्लेस' को नयाँ युग: के हो यो र यसले कसरी काम गर्छ ?
    Jun 3, 2026
    बीमा क्षेत्रमा बजेटको ‘प्याराडाइम सिफ्ट’ : व्यवसाय र शेयर बजार दुवै चम्किने

    ShareGyan

    बीमा क्षेत्रमा बजेटको ‘प्याराडाइम सिफ्ट’ : व्यवसाय र शेयर बजार दुवै चम्किने