|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9851046764,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    May 3, 2026

    आइपीओ अनुमति माग्दै चार कम्पनी पुगे सेबोनमा

    आइपीओ अनुमति माग्दै चार कम्पनी पुगे सेबोनमा

    नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नयाँ वर्ष २०८३ को सुरुवातसँगै साधारण शेयर निष्कासनका लागि अनुमति माग्ने कम्पनीहरूको संख्या थपिएको छ। बोर्डको पछिल्लो तथ्यांक अनुसार, वैशाख लागेपछि मात्रै विभिन्न क्षेत्रका ४ वटा नयाँ कम्पनीहरूले आइपीओ निष्कासनका लागि निवेदन दर्ता गराएका छन्।

    बैशाख महिनामा होटल तथा पर्यटन क्षेत्रबाट डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेड र केटीएम हस्पिटालिटी लिमिटेडले आवेदन दिएका छन् । डोलेश्वरले १६ लाख २० हजार कित्ता शेयर निष्कासन गर्न आवेदन दिएको छ भने कम्पनीको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। त्यस्तै केटीएम हस्पिटालिटीले पनि १५ लाख ५० हजार कित्ता शेयर निष्काशनका लागि आवेदन दिएको छ भने कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। त्यस्तै उत्पादन तथा प्रशोधन क्षेत्रतर्फ भगवती स्टिल इन्डस्ट्रिज लिमिटेडले प्रिमियम मूल्यमा १५ लाख कित्ता शेयर निष्कासन गर्न आवेदन दिएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको कम्पनीले प्रिमियम सहित २ सय ३३ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो । त्यस्तै एशियन कन्क्रिटो लिमिटेडले १० लाख ६२ हजार ५ सय कित्ता साधारण शेयरका लागि आवेदन दर्ता गराएको छ र यसको बिक्री प्रबन्धक पनि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नै रहेको छ। हाल धितोपत्र बोर्डको पाइपलाइनमा कुल ४४ करोड २१ लाख ७२ हजार १३२ कित्ता शेयर निष्कासनको प्रक्रियामा रहेको छ, जसको कुल रकम ६६ अर्ब २३ करोड ५५ लाख ४२ हजार रुपैयाँ बराबर हुन्छ। बोर्डले कम्पनीहरूले पेश गरेका कागजात र वित्तीय विवरणहरूको अध्ययन गरी मापदण्ड पूरा भएपछि मात्र निष्कासनको अन्तिम अनुमति प्रदान गर्नेछ।

    Most Recent

    Jun 4, 2026
    माउन्ट एभरेष्ट पावरले असार ३ गतेदेखि आईपीओ निष्काशन गर्ने

    ShareGyan

    माउन्ट एभरेष्ट पावरले असार ३ गतेदेखि आईपीओ निष्काशन गर्ने
    Jun 4, 2026
    सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    ShareGyan

    सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
    Jun 3, 2026
    हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

    ShareGyan

    हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?
    Jun 3, 2026
    बजेटले राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने भन्यो, पैसा थप्ने चार विकल्प, कुन विकल्पमा जाला सरकार ?

    ShareGyan

    बजेटले राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने भन्यो, पैसा थप्ने चार विकल्प, कुन विकल्पमा जाला सरकार ?
    Jun 3, 2026
    नेपालमा 'फिनटेक मार्केटप्लेस' को नयाँ युग: के हो यो र यसले कसरी काम गर्छ ?

    ShareGyan

    नेपालमा 'फिनटेक मार्केटप्लेस' को नयाँ युग: के हो यो र यसले कसरी काम गर्छ ?
    Jun 3, 2026
    बीमा क्षेत्रमा बजेटको ‘प्याराडाइम सिफ्ट’ : व्यवसाय र शेयर बजार दुवै चम्किने

    ShareGyan

    बीमा क्षेत्रमा बजेटको ‘प्याराडाइम सिफ्ट’ : व्यवसाय र शेयर बजार दुवै चम्किने