|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9851046764,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    May 3, 2026

    इन्पेरमेन्ट चार्ज घट्दा अभियान लघुवित्तको नाफामा उल्लेख्य सुधार

    इन्पेरमेन्ट चार्ज घट्दा अभियान लघुवित्तको नाफामा उल्लेख्य सुधार

    अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड (AVYAN) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानीमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

    १. नाफा र आम्दानीको लोभलाग्दो वृद्धि लघुवित्तले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ९ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३७.४४ प्रतिशत बढी हो। नाफामा भएको यो वृद्धिसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि ५२ रुपैयाँ ५३ पैसा पुगेको छ, जुन लघुवित्त क्षेत्रकै उत्कृष्ट मध्ये एक हो। २. खुद ब्याज आम्दानीमा १०४.८ प्रतिशत वृद्धि लघुवित्तको खुद ब्याज आम्दानी गत वर्षको ११ करोड ३ लाखबाट बढेर २२ करोड ६० लाख रुपैयाँ पुगेको छ। यस वृद्धिका पछाडि मुख्य दुई कारणहरू रहेका छन्ः ब्याज आम्दानीमा सुधारः कर्जा विस्तारसँगै ब्याज आम्दानी २६ करोड ५९ लाखबाट बढेर ३८ करोड ३६ लाख रुपैयाँ पुगेको छ। ब्याज दर अन्तरः लघुवित्तको स्प्रेड रेट ६.२३ प्रतिशतबाट बढेर ८.८८ प्रतिशत पुगेको छ। कोषको लागत ८.५३ प्रतिशतबाट घटेर ६.३४ प्रतिशतमा झर्दा लघुवित्तको मुनाफाको मार्जिन फराकिलो भएको हो। ३. नाफा बढ्नुको मुख्य कारणः राइट ब्याक चालु आर्थिक वर्षको चैत मसान्तसम्मको नाफामा उल्लेख्य वृद्धि देखिनुमा लघुवित्तको प्रभावकारी कर्जा असुली र प्रोभिजनिङको व्यवस्थाले मुख्य भूमिका खेलेको छः इम्पेरमेन्ट चार्ज रिभर्सः गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड ४५ लाख रुपैयाँ सम्भावित कर्जा नोक्सानीका लागि छुट्याउनुपरेकोमा चालु आर्थिक वर्ष ९४ लाख १७ हजार रुपैयाँ फिर्ता भएको छ। यसले लघुवित्तको नाफालाई प्रत्यक्ष रूपमा थप बल पुर्‍याएको छ। खराब कर्जा नियन्त्रणः संस्थाले खराब कर्जालाई ६.८४ प्रतिशतबाट घटाएर ५.१४ प्रतिशतमा झार्न सफल भएको छ। ४. वित्तीय स्थिति र लाभांश क्षमता जगेडा कोषः गत आर्थिक वर्ष करिब ६ करोड रुपैयाँ ऋणात्मक रहेको जगेडा कोष र रिटेन्ड अर्निङमा व्यापक सुधार आउँदा अहिले जगेडा कोष ११ करोड ८४ लाख रुपैयाँ धनात्मक भएको छ। लाभांश क्षमताः लघुवित्तको वितरणयोग्य नाफा २ करोड ६१ लाख रुपैयाँ रहेको छ, जसका आधारमा लघुवित्तको तत्कालको लाभांश क्षमता १०.४५ प्रतिशत देखिएको छ। प्रतिशेयर नेटवर्थः लघुवित्तको प्रतिशेयर नेटवर्थ सुधारिएर १५७ रुपैयाँ ८४ पैसा पुगेको छ।

    Most Recent

    Jun 4, 2026
    माउन्ट एभरेष्ट पावरले असार ३ गतेदेखि आईपीओ निष्काशन गर्ने

    ShareGyan

    माउन्ट एभरेष्ट पावरले असार ३ गतेदेखि आईपीओ निष्काशन गर्ने
    Jun 4, 2026
    सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    ShareGyan

    सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
    Jun 3, 2026
    हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

    ShareGyan

    हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?
    Jun 3, 2026
    बजेटले राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने भन्यो, पैसा थप्ने चार विकल्प, कुन विकल्पमा जाला सरकार ?

    ShareGyan

    बजेटले राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने भन्यो, पैसा थप्ने चार विकल्प, कुन विकल्पमा जाला सरकार ?
    Jun 3, 2026
    नेपालमा 'फिनटेक मार्केटप्लेस' को नयाँ युग: के हो यो र यसले कसरी काम गर्छ ?

    ShareGyan

    नेपालमा 'फिनटेक मार्केटप्लेस' को नयाँ युग: के हो यो र यसले कसरी काम गर्छ ?
    Jun 3, 2026
    बीमा क्षेत्रमा बजेटको ‘प्याराडाइम सिफ्ट’ : व्यवसाय र शेयर बजार दुवै चम्किने

    ShareGyan

    बीमा क्षेत्रमा बजेटको ‘प्याराडाइम सिफ्ट’ : व्यवसाय र शेयर बजार दुवै चम्किने