|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9851046764,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    May 2, 2026

    काँकरभिट्टा नाकाबाट ९ महिनामा रु १६ अर्बभन्दा बढीको पेट्रोलियम आयात

    काँकरभिट्टा नाकाबाट ९ महिनामा रु १६ अर्बभन्दा बढीको पेट्रोलियम आयात

    चालु आर्थिक वर्ष २०८२–८३ को चैत मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात उल्लेख्य रूपमा बढेको छ। मेची भन्सार कार्यालयका अनुसार यस अवधिमा कुल रु १६ अर्ब ८१ करोड ३६ लाख ३० हजार बराबरको पेट्रोलियम पदार्थ भित्रिएको छ।

    कार्यालयका अनुसार पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र कोइलालगायत वस्तु आयात भएका हुन्। यी पदार्थको आयातबाट मात्र नौ महिनामा रु ७ अर्ब ४४ करोड ७८ लाख १८ हजार राजस्व सङ्कलन भएको छ। तथ्याङ्कअनुसार सबैभन्दा बढी पेट्रोल आयात भएको छ। सो अवधिमा रु ७ अर्ब ७५ करोड ९४ लाख बराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल आयात गरिएको छ। त्यस्तै, रु ५ अर्ब ८७ करोड १८ लाख मूल्यबराबरको ५५ हजार २४ किलोलिटर डिजेल भित्रिएको छ। एलपी ग्यासतर्फ रु १ अर्ब ९० करोड ५९ लाख बराबरको १९ हजार १३६.६९३ मेट्रिक टन आयात भएको छ। यस्तै, रु ५७ करोड ५१ लाख बराबरको पाँच हजार ९८८ किलोलिटर एटीएफ र रु ७० करोड १२ लाख मूल्यबराबरको ३४ हजार ५२४.४९० मेट्रिक टन कोइला आयात भएको भन्सार कार्यालयले जनाएको छ।

    Most Recent

    Jun 4, 2026
    माउन्ट एभरेष्ट पावरले असार ३ गतेदेखि आईपीओ निष्काशन गर्ने

    ShareGyan

    माउन्ट एभरेष्ट पावरले असार ३ गतेदेखि आईपीओ निष्काशन गर्ने
    Jun 4, 2026
    सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    ShareGyan

    सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
    Jun 3, 2026
    हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

    ShareGyan

    हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?
    Jun 3, 2026
    बजेटले राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने भन्यो, पैसा थप्ने चार विकल्प, कुन विकल्पमा जाला सरकार ?

    ShareGyan

    बजेटले राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने भन्यो, पैसा थप्ने चार विकल्प, कुन विकल्पमा जाला सरकार ?
    Jun 3, 2026
    नेपालमा 'फिनटेक मार्केटप्लेस' को नयाँ युग: के हो यो र यसले कसरी काम गर्छ ?

    ShareGyan

    नेपालमा 'फिनटेक मार्केटप्लेस' को नयाँ युग: के हो यो र यसले कसरी काम गर्छ ?
    Jun 3, 2026
    बीमा क्षेत्रमा बजेटको ‘प्याराडाइम सिफ्ट’ : व्यवसाय र शेयर बजार दुवै चम्किने

    ShareGyan

    बीमा क्षेत्रमा बजेटको ‘प्याराडाइम सिफ्ट’ : व्यवसाय र शेयर बजार दुवै चम्किने