|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9851046764,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    May 3, 2026

    धिताेपत्र बजार सम्बन्धि कसूर अब सम्पत्ति शुद्धीकरण विभागले हेर्ने

    धिताेपत्र बजार सम्बन्धि कसूर अब सम्पत्ति शुद्धीकरण विभागले हेर्ने

    धितोपत्र तथा कमोडिटिज बजारमा हुने अवैध खेल र भित्री कारोबार (इन्साइडर ट्रेडिङ) सम्बन्धित बिषय अब सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको दायरामा आउने भएका छन् ।

    सरकारले 'सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४' लाई संशोधन गर्न जारी गरेको नयाँ अध्यादेशले शेयर बजारसँग सम्बन्धित कसूरलाई प्राथमिकताका साथ ‘सम्बद्ध कसूर’ को सूचीमा राखेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ ले सेयर बजारमा हुने कसूरलाई सम्पत्ति शुद्धीकरणको मुख्य स्रोत मान्दै विभागको क्षेत्राधिकार विस्तार गरेको छ । शेयर बजारको ठगी: अब ‘सम्बद्ध कसूर’ अध्यादेशले ऐनको दफा १३ लाई संशोधन गर्दै धितोपत्र वा कमोडिटिज बजारलाई प्रतिकूल प्रभाव पार्ने कार्य (मार्केट म्यानुपुलेसन) र भित्री कारोबार (इन्साइडर ट्रेडिङ) लाई ‘सम्बद्ध कसूर’ को रूपमा परिभाषित गरेको छ । नयाँ व्यवस्था अनुसार अब शेयर बजारमा भित्री सूचनाका आधारमा अवैध धन आर्जन गर्नेहरूमाथि विभागले सिधै अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउन सक्नेछ । यस्ता आर्जित पैसालाई अब स्पष्ट रूपमा 'कालो धन' को श्रेणीमा राखिएको छ । उजुरी सिधै विभागमा, मुद्दा विशेष अदालतमा साविकको ऐनमा सम्पत्ति शुद्धीकरणको विषय मात्र विभागले हेर्ने भनिए तापनि नयाँ अध्यादेशले शेयर बजारको ठगी, बैंकिङ र बिमा क्षेत्रका अपराधबाट आएको पैसाको उजुरी सिधै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दिनुपर्ने व्यवस्था गरेको छ । अनुसन्धानबाट दोषी देखिएमा सरकारी वकीलले विशेष अदालतमा मुद्दा दायर गर्ने बाटो पनि अध्यादेशले खुला गरेको छ । यसका लागि राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको सरकारी वकील कार्यालयले मुद्दाको अभियोजन गर्नेछ । प्राविधिक क्षेत्राधिकारको बाधा अन्त्य अध्यादेशले दफा २९ मा नयाँ उपदफा थप्दै क्षेत्राधिकारको अन्योललाई समेत चिरेको छ । अब कुनै कसूरको अनुसन्धान गर्दा आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको (जस्तै: धितोपत्र बोर्डको क्षेत्राधिकार) देखिए तापनि अनुसन्धानको क्रममा भेटिएका प्रमाणका आधारमा मुद्दा चलाउन कुनै बाधा पर्ने छैन । यो व्यवस्था तत्कालै कार्यान्वयनमा आइसकेको छ ।

    Most Recent

    Jun 4, 2026
    माउन्ट एभरेष्ट पावरले असार ३ गतेदेखि आईपीओ निष्काशन गर्ने

    ShareGyan

    माउन्ट एभरेष्ट पावरले असार ३ गतेदेखि आईपीओ निष्काशन गर्ने
    Jun 4, 2026
    सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    ShareGyan

    सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
    Jun 3, 2026
    हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

    ShareGyan

    हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?
    Jun 3, 2026
    बजेटले राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने भन्यो, पैसा थप्ने चार विकल्प, कुन विकल्पमा जाला सरकार ?

    ShareGyan

    बजेटले राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने भन्यो, पैसा थप्ने चार विकल्प, कुन विकल्पमा जाला सरकार ?
    Jun 3, 2026
    नेपालमा 'फिनटेक मार्केटप्लेस' को नयाँ युग: के हो यो र यसले कसरी काम गर्छ ?

    ShareGyan

    नेपालमा 'फिनटेक मार्केटप्लेस' को नयाँ युग: के हो यो र यसले कसरी काम गर्छ ?
    Jun 3, 2026
    बीमा क्षेत्रमा बजेटको ‘प्याराडाइम सिफ्ट’ : व्यवसाय र शेयर बजार दुवै चम्किने

    ShareGyan

    बीमा क्षेत्रमा बजेटको ‘प्याराडाइम सिफ्ट’ : व्यवसाय र शेयर बजार दुवै चम्किने