|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9851046764,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    May 27, 2026

    नेपालमा बैंककाे ब्याजदर घटिरहेका बेला जापानमा बैंककाे ब्याजदर बढाउने कि नबढाउने भन्ने बिषयमा ठूलाे विवाद

    नेपालमा बैंककाे ब्याजदर घटिरहेका बेला जापानमा बैंककाे ब्याजदर बढाउने कि नबढाउने भन्ने बिषयमा ठूलाे विवाद

    नेपालमा निरन्तर बैंककाे ब्याजदर घटिरहेका बेला जापानमा बैंककाे ब्याजदर बढाउने कि नबढाउने भन्ने बिषयमा ठूलाे विवाद भएकाे छ । बैंक अफ जापानले आगामी जुन १५ र १६ मा मौद्रिक नीतिको समीक्षा बैठक आयोजना गर्दैछ।

    उक्त बैठकले हाल करिब ०.७५ प्रतिशत रहेको बेन्चमार्क ब्याजदर बढाउने वा नबढाउने भन्ने विषयमा निर्णय गर्नेछ । गत अप्रिलको बैठकमा केन्द्रीय बैंकले ब्याजदरलाई यथावत राखेको भए तापनि नीति निर्धारण समितिका नौ सदस्यमध्ये तीन जनाले मुद्रास्फीति नियन्त्रणका लागि ब्याजदर बढाउनुपर्ने धारणा राखेका थिए । यसैबीच, बैंक अफ जापान (बीओजे) का गभर्नर काजुओ उएदाले विश्व अर्थतन्त्रले सन् १९७० को दशकयता ऊर्जाको मूल्यमा ठूलो वृद्धिको सामना गरिरहेको र हाल विश्व ‘पाँचौँ तेल मूल्य झट्का’ को अवस्थामा रहेको बताए । टोकियोमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर उएदाले विभिन्न समयमा तेलको मूल्यमा हुने वृद्धिप्रति जापानको उपभोक्ता मूल्यले फरक–फरक प्रतिक्रिया जनाएको उल्लेख गरे। केन्द्रिय बैंकहरूले तेलको मूल्यलाई मात्र छुट्टै रूपमा हेर्न नहुने तर्क गर्दै उनले ज्याला, बजारको अपेक्षा, माग र विनिमय दरका आधारमा एउटै स्तरको मूल्य वृद्धिले पनि अर्थतन्त्रमा फरक प्रभाव पार्न सक्ने स्पष्ट पारे । जापानको विगतको अनुभवलाई उद्धृत गर्दै उनले तेलको मूल्यमा आउने उतारचढाव केवल मूल्य वृद्धि मात्र नभई समग्र मुद्रास्फीति प्रणालीको परीक्षण भएको बताए । मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा ऊर्जाको मूल्य निरन्तर उच्च रहँदा तेलजन्य कच्चा पदार्थको आपूर्तिमा संकुचन आएको छ । यसले जापानको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारेको छ भने खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीहरू मूल्य वृद्धि गर्न बाध्य भएका छन् ।

    Most Recent

    Jun 4, 2026
    माउन्ट एभरेष्ट पावरले असार ३ गतेदेखि आईपीओ निष्काशन गर्ने

    ShareGyan

    माउन्ट एभरेष्ट पावरले असार ३ गतेदेखि आईपीओ निष्काशन गर्ने
    Jun 4, 2026
    सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    ShareGyan

    सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
    Jun 3, 2026
    हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

    ShareGyan

    हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?
    Jun 3, 2026
    बजेटले राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने भन्यो, पैसा थप्ने चार विकल्प, कुन विकल्पमा जाला सरकार ?

    ShareGyan

    बजेटले राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने भन्यो, पैसा थप्ने चार विकल्प, कुन विकल्पमा जाला सरकार ?
    Jun 3, 2026
    नेपालमा 'फिनटेक मार्केटप्लेस' को नयाँ युग: के हो यो र यसले कसरी काम गर्छ ?

    ShareGyan

    नेपालमा 'फिनटेक मार्केटप्लेस' को नयाँ युग: के हो यो र यसले कसरी काम गर्छ ?
    Jun 3, 2026
    बीमा क्षेत्रमा बजेटको ‘प्याराडाइम सिफ्ट’ : व्यवसाय र शेयर बजार दुवै चम्किने

    ShareGyan

    बीमा क्षेत्रमा बजेटको ‘प्याराडाइम सिफ्ट’ : व्यवसाय र शेयर बजार दुवै चम्किने