पहिरो खस्दा मुग्लिन सडकखण्डमा सवारी आवागमन प्रभावित

वर्षाका कारण तुइन खोला र पानीधारामा ढुङ्गासहितको पहिरो खस्दा सवारी साधन आवागमन प्रभावित भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको उक्त क्षेत्रमा पहिरोका कारण सडक यातायात आंशिक रुपमा अवरुद्ध भएको हो ।
बिहान ५ः४५ बजे पहिरो खसेपछि सडकमा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन भइरहेको छ र डिभिजन सडक कार्यालय भरतपुरसँग डोजर मगाएर पहिरो हटाउने काम भइरहेको छ । पहिरो खसेको स्थल मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ । पानीधारमा भने सडकमा खसेका ढुङ्गा हटाइसकिएको छ ।