|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9851046764,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    May 3, 2026

    भन्सार महशुल र ‘डोजर आतंक’ विरुद्ध माईतीघरमा प्रदर्शन

    भन्सार महशुल र ‘डोजर आतंक’ विरुद्ध माईतीघरमा प्रदर्शन

    राष्ट्रिय एकता दलले सरकारले भन्सारमा लागू गरेको नयाँ महशुल नीति र स्थानीय तहहरूले चलाएको ‘डोजर आतंक’ विरुद्ध काठमाडौँको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

    प्रदर्शनकारीहरूले सर्वसाधारणले सीमावर्ती क्षेत्रबाट घरायसी प्रयोजनका लागि ल्याउने सामानमा समेत एक सय रुपैयाँ भन्सार कर लिने सरकारको निर्णय जनविरोधी भएको दाबी गरेका छन् । उक्त व्यवस्थाले न्युन आय भएका नागरिकलाई थप आर्थिक भार परेको भन्दै उनीहरूले अविलम्ब सो निर्णय फिर्ता लिन माग गरेका छन् । त्यसैगरी, पछिल्लो समय विभिन्न स्थानीय तहहरूले कानूनी प्रक्रिया र उचित विकल्पबिना नै डोजर प्रयोग गरेर संरचनाहरू भत्काउने कार्य गरिरहेको भन्दै दलले त्यसलाई ‘डोजर आतंक’ को संज्ञा दिएको छ । विकासका नाममा नागरिकको उठीबास लगाउने र त्रसित बनाउने कार्य बन्द गर्नुपर्ने माग प्रदर्शनमा सहभागीहरूको थियो । माईतीघरमा भेला भएका दलका नेता तथा कार्यकर्ताहरूले हातमा प्लेकार्ड बोकेर सरकार र सम्बन्धित निकायविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले नागरिकको सम्पत्तिको अधिकार सुरक्षा गर्न र साना व्यवसायी तथा सर्वसाधारणलाई मर्कामा पार्ने गरी लगाइएका करहरू खारेज गर्न जोड दिएका छन् । दलले आफ्नो माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएको छ ।

    Most Recent

    Jun 4, 2026
    माउन्ट एभरेष्ट पावरले असार ३ गतेदेखि आईपीओ निष्काशन गर्ने

    ShareGyan

    माउन्ट एभरेष्ट पावरले असार ३ गतेदेखि आईपीओ निष्काशन गर्ने
    Jun 4, 2026
    सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    ShareGyan

    सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
    Jun 3, 2026
    हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

    ShareGyan

    हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?
    Jun 3, 2026
    बजेटले राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने भन्यो, पैसा थप्ने चार विकल्प, कुन विकल्पमा जाला सरकार ?

    ShareGyan

    बजेटले राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने भन्यो, पैसा थप्ने चार विकल्प, कुन विकल्पमा जाला सरकार ?
    Jun 3, 2026
    नेपालमा 'फिनटेक मार्केटप्लेस' को नयाँ युग: के हो यो र यसले कसरी काम गर्छ ?

    ShareGyan

    नेपालमा 'फिनटेक मार्केटप्लेस' को नयाँ युग: के हो यो र यसले कसरी काम गर्छ ?
    Jun 3, 2026
    बीमा क्षेत्रमा बजेटको ‘प्याराडाइम सिफ्ट’ : व्यवसाय र शेयर बजार दुवै चम्किने

    ShareGyan

    बीमा क्षेत्रमा बजेटको ‘प्याराडाइम सिफ्ट’ : व्यवसाय र शेयर बजार दुवै चम्किने