सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार
नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी मूल्य बढेको छ । यस दिन सुन प्रतितोला २ सय रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यस दिन चाँदी प्रतितोला पाँच हजार ३५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिदबिक्री खरिदबिक्री भएको थियो।